नेकपाले एक पटक देशको नेतृत्व गर्छ,क्रान्तिकारीहरुको ध्रुविकरण र एकता कसैले रोक्न सक्दैन: महासचिव विप्लव
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ध्रुविकरण कार्यक्रममा बोल्दै विप्लवले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन्।
उनले देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गरे। अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरु बढ्दै जाने उनको भनाई थियो।
उनले आफूहरुको एकता कुनै दरबार खान, टिस्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताए। नेपाली नेताहरुले विशेमा टनाटन पैसा पठाएको उनको आरोप छ।
उनले भने,हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ। एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौँ।
हामी भन्न चाहन्छौँ, आजको दिनमा जो एकता भएको छ,हाम्रो केन्द्रीय समितिको बैठकपछि ध्रुविकरणको जो निर्णय थियो, त्यसमा पहिलो कदमको रुपमा आज प्रज्ञा भवनमा शुरु भएको बताए।
यो शुरुवात मात्रै हो। यो एकता कुनै दरबार खानका लागि होइन,कुनै टि स्टेट खानका लागि होइन,कुनै जग्गा हिनामिना गर्नका लागि होइन, कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा पठाउन नभएकाे बताए छन्।
वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको विद्रोही समूहलाई विप्लवले टिका र माला लगाएका स्वागत गरेका थिए। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीलागायत केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला कमिटी सदस्य सहित सयौँ नेता कार्यकर्ता नेकपामा ध्रुविकृत भएका छन्।