पूर्वआइजिपी सर्वेन्द्र खनालले छाडे एमाले

काठमाडौं। नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले एमाले छाडेका छन्। उनले आफू कुनैपनि पार्टीमा आवद्ध नरहेको बताएका छन् । नेपाल प्रहरीबाट अवकाश पाएपछि उनी २०७९ को असोजमा एमाले प्रवेश गरेका थिए।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खनालले भनेका छन्, ‘हजुरहरु मेरो राजनीतिकस्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्यहरु गरिरहने छु।

खनाल ०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए। त्यतिबेला खनाल रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । त्यसपछि उपनिर्वाचनमा पनि खनाललाई एमालेले तनहुँको टिकट दिएको थियो। तर त्यहाँ पनि उनी पराजित भएका थिए।