प्रचण्डले मागे केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण

फाइल तस्बिर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण माग गरेका छन्।

आजदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले आगामी फागुनभित्र सम्पत्ति विवरणसहित जीविकोपार्जनको आधारसमेत बुझाउन भनेका हुन्।

‘नेताहरूको सम्पत्ति विवरण र जीविकोपार्जनको आधार फागुनसम्ममा बुझाउनुपर्ने कुरा अध्यक्षले बैठकमा राख्नुभएको छ,’ बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने।