सेन्ट्रल कलेज काठमाडौंको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रेम प्रसाद कडेल
चितवन ।सेन्ट्रल कलेज काठमाडौंको आयोजनामा नेपालमा हेल्थ केयर प्रोफेसनल र विद्यार्थीहरुको उदाउँदो स्वास्थ्यसेवाको भविष्य विषयक अन्तरक्रिया (Interaction Session among Health Care Professionals and Students on Emerging Healthcare Issues in Nepal) विषयक एक अन्तरक्रिया कार्यक्रम सौराहाको राप्ती रिसोर्टमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि निजी अस्पतालहरुको संगठन निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष विक्रम अधिकारी, अतिथिहरु सह सचिव ऋषिरमण खनाल, सदस्यद्वय प्रमोद लामिछाने, विष्णु भट्ट, वी पी को मेमोरियल क्यान्सर अस्पतालका प्रतिनिधि प्रेम कडेल, स्वास्थ्यकर्मी प्रेम भुजेल लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता सेन्ट्रल कलेज काठमाडौंका भाईस प्रिन्सिपल गणेश बुढाथोकीले गरेका थिए।
BHCM छैठौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा सहजकर्ता फ्याकल्टी प्रसन उप प्राध्यापक महेन्द्र गिरीले उपस्थित सबै सबैलाई स्वागत मन्तब्य व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि विक्रम अधिकारीले बोल्दै नेपालमा हेल्थ केयर म्यानेजमेन्ट एक महत्वपूर्ण विषय भएको र यसलाई लोक सेवा आयोग मार्फत विज्ञापन गर्ने प्रक्रियालाई अघि बढाउन वाग्मती प्रदेशको निति निर्माण तहमा पहल भइरहेको बताए।
चितवनमा हेल्थ केयर म्यानेजमेन्टको आफू पहिलो अध्ययन गर्ने विद्यार्थी रहेको बताउदै उनले त्रिभुवन विश्वविद्यालयमा आफू पहिलो सह प्राध्यापक भएर काम गरेको अनुभव बताउदैं यो विषयको अध्ययनलाई निरन्तर दिएका विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा, विभिन्न प्रोजेक्टहरुमा र अस्पतालहरुको व्यवस्थापनमा विशेष अवसर रहने हुदाँ उज्ज्वल भविष्यप्रति विश्वस्त रहन आग्रह गरे।
कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट सिर्जना भुसाल र विवस सापकोटा लगायतले जिज्ञासा राखे। उक्त जिज्ञासाको जवाफमा निजी अस्पताल समन्वय समिति अध्यक्ष विक्रम अधिकारीले प्रतिउत्तर गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि एवम् अतिथिहरुलाई धन्यवाद ज्ञापन एवम् मायाको चिनो प्रदान समेत प्रदान गर्दै अध्यक्ष गणेश बुढाथोकीले कार्यक्रममा निकै उल्लास एव उत्सुकतापूर्वक भाग लिएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए।