राजनीतिक दलहरु बारम्बार ‘फेल’, तैपनि खुल्दैन् जनताको चेत

सांकेतिक तस्वीर

प्रधानमन्त्रीमा पटकपटक एउटै व्यक्ति तर के भयो उपलब्धि ? अहिले जनमानसमा यसबारे व्यापक चर्चा चलेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री बने। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीन पटक प्रधानमन्त्री भए।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, डा बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीको पद सम्हाले । विडम्बना के भने जोसुकै पदमा आएपनि देश र जनताको अवस्था उहीँ छ । नेपालको नेताहरु कतिसम्म ‘निकम्मा’ छन् ? भन्ने हेर्न केही वर्षपछाडि फर्किनुपर्छ ।

२०७० सालमा निर्वाचन गराउन नसकेपछि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गरियो । मन्त्रीहरु पनि कर्मचारी नै भए । विश्वमा पनि यस्तो घटना भएको छैन् होला । पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री, रिटायर्ड सहसचिव, उपसचिवहरु मन्त्री । राजनीतिक दलहरु त्यतिबेलै ‘फेल’ भइसकेका थिए ।

तर, त्यो कुरा जनताले बुझेनन् । रेग्मीले २०७० सालमा निर्वाचन गराएपछि सरकार छोडे, राजनीतिक दललाई नै सरकारको हस्तान्तरण गरे । सो निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले नेपालको संविधान बनाए । २०७२ असोज ३ गते संविधान जारी भयो । २०७२ सालको संविधान खारेज गर्नुपर्ने माग जनताको छ ।

संविधानले देशलाई तीन तहमा बाँडेको छ । संघीयताको नाममा खर्च बढाइएको छ । तर, त्यसले खर्च बढाउनुबाहेक केही हासिल हुन सकेको छैन् । पञ्चायती व्यवस्थाले देशमा विकास गर्न सकेन्, विदेशी हस्तक्षेप बढ्यो, खर्च बढ्यो भनेर आन्दोलन गरे । २०४६ सालमा राजनीतिक परिवर्तन भयो ।

पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । २०४६ सालपछि प्रधानमन्त्री बन्ने नेताहरु धेरै छन् । स्वर्गीय नेता कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्र चन्द, सुशील कोइरालालगायत प्रधानमन्त्री भए । पञ्चायती व्यवस्था ढाल्न मुलुकमा भएको आन्दोलनको नेतृत्वकर्ता यिनै हुन् ।

देशमा अहिले लोकतान्त्रिक गणतन्त्रात्मक अवस्था छ । तर,जे सोचेर यो व्यवस्था ल्याइयो, त्यो पुरा हुन सकेन् । छिमेकीको हस्तक्षेप व्यापक बढेको छ । यहाँ केही निर्णय गर्न खोज्यो भने छिमेकीलाई बढी चासो हुन्छ । हस्तक्षेप गर्न आइहाल्छन् । हिजो जे जे मुद्दा उठाएर देशमा आन्दोलन भयो, के त्यो पुरा भयो ?

खर्च झनै बढेको छ । जनताले पहिले एउटा राजा पाल्थें, अहिले त हजारौं राजा भए । विदेशी हस्तक्षेप घट्नुको साटो झन् बढ्दै गएको छ । राजनीतिक दलहरु देश र जनताका लागि होइन्, आफ्नो व्यक्तिगत स्वार्थका लागि आएका हुन् भन्ने पुष्टी नै भइसकेको छ । पार्टी खोल्ने अनि पालैपालो पदमा जाने ।

वर्षौंदेखि यही क्रम चलिरहेको छ । टुक्रे पार्टी बनाउने अनि सरकारमा जान बार्गेनिङ गर्ने । व्यक्तिगत फाइदा लिने । मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो तर के परिवर्तन भयो ? नेताहरुले जनतालाई के दिन सके ? वैदेशिक रोजगारी ? जतिपनि विकास भएको छ, २०४६ सालअगाडि नै भएको हो ।

राजमार्गहरु पञ्चायती व्यवस्था हुँदा नै खुलेको हो । अहिलेकाले त बनाउन होइन्, बेच्न जानेका छन् । सरकारी सम्पत्ति बेचेर खाइहाले । जनताले २०४६ सालपछि के के विकास भयो ? भनेर नेतालाई सोधे भने उनीहरुले जवाफ दिन सक्दैनन् । देशमा यो व्यवस्था ल्याउन जनताले धेरै संघर्ष गरेका छन् ।

ज्नताका छोराछोरी शहिद बनेका छन् । कतिपय टुहुरा भएका छन् । राजनीतिक दललाई के छ ? कोही गुमाउनुको पीडा थाहा छैन् । नेता भनेका छन्, हावा भाषण ठोकेका छन् । जनतालाई भ्रममा पार्ने, आफू खाइरहने, यो खेल चलिरहेको छ । यहाँ जसले जे गर्छ, आफ्नो व्यक्तिगत स्वार्थको लागि गर्छ ।

पदका लागि नेताहरुले कतिसम्म गर्छन् ? यसको उदाहरण काँग्रेसका सभापति देउवालाई लिएर हुन्छ । गिरिजाप्रसाद कोइरालाले सभापति नछोडेपछि प्रधानमन्त्री खानका लागि देउवाले पार्टी नै फुटाए । २०५४ सालमा एमाले फुटेर माले बन्यो । अहिले पनि एमाले फुटि नै रहेको छ ।

केपी एकातिर, माधव अर्कोतिर । माओवादी त टुक्राटुक्रा भइहाल्यो । पद नपाएपछि पार्टी नै फुटाएर हिँड्नेहरुले देशका लागि बिनास्वार्थ काम गर्छन् ? काँग्रेसका महामन्त्री गगन थापा सँधै ठूला नेताको भ्रष्टाचारको फाइल खोल्ने भ्रष्टाचार राख्छन् । उनले भ्रष्टाचार गरेको फाइलचाँहि किन नखोल्ने ?

स्वास्थ्यमन्त्री भएको बेला भ्रष्टाचार गरेका उनको फाइदाचाँहि कसले खोल्ने ? उनलाई त अमेरिकाको ‘एजेण्ट’ पनि भन्ने गरिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुमाउरो भाषामा गगनमाथि आरोप लगाइसकेका छन् । भ्रष्टाचारको छानबिन आफैंबाट शुरु गरौं ।

जोमाथि पहिल्यै दाग लागेको छ, उसले अर्कामाथि औंला ठड्याउन मिल्छ ? जनताको आँखामा कहिलेसम्म छारो हाल्ने ? आफ्नो सम्पत्तिचाँहि सार्वजनिक गर्न नसक्ने अनि अरुमाथि आरोप लगाउँदै हिँड्ने ? धन्न नैतिकताले दिँदो रहेछ । २०७० सालदेखि अहिलेसम्म पटकपटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव जितेका उनले के गरे ?

त्यहाँ गएको बजेटमा उनले भ्रष्टाचार गरेको स्थानीयको आरोप छ । बाख्रा पाल्ने भनेर करोडौं रुपैयाँ अनुदान पचाएको आरोप उनीमाथि छ । विद्यार्थी संगठनको नेता हुँदा हप्ता उठाएको आरोप उनीमाथि छ । एमसीसी पारित गर्न सबैभन्दा ठूलो भूमिका खेल्ने गगन थापा नै हुन् ।

अरुमाथि एउटा औंला ठड्याउँदा अरु औंला आफैंमाथि तेर्सिन्छ भन्ने उनले बिर्सिएका छन् । २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदा उनले देशको प्रधानमन्त्री आफू भन्दै भोट मागे । त्यहाँका स्थानीयले पत्याए, भोट दिए । तर, अहिलेसम्म प्रधानमन्त्री हुने कुनै सुरसार देखिँदैन् ।

जनतालाई आश्वासन दिने अनि भोट लिएपछि प्रतिबद्धता पुरा नगर्नेहरुलाई कारबाही गर्न देशमा कुनै कानुन छैन् ? यो पनि त विश्वासघात जस्तै हो । गगन थापा अहिले शेखर कोइरालाबाट शेरबहादुरतर्फ सरेका छन् । पदका लागि यता र उता गर्ने क्रम चलिरहेको छ । नेताहरुका लागि देश कमाइ खाने भाँडो र जनता पदमा पुग्ने खुड्किलो भए ।

यस्ता व्यक्तिहरु अझैपनि देश बनाउँछु भन्दै हिँडेका छन् । जनता उनीहरुको कार्यक्रमा गएर ताली पिटिरहेका छन् । यिनीहरुलाई अब लखेट्ने कि ताली पिटेर भ्रष्टाचार गर्न, देश सकाउन मनोबल बढाइरहने ? जनताको हातमा छ । बैंक तथा वित्तिय संस्था, सहकारी, म्यानपावर, निजी स्कुल, अस्पताल सबैतिर राजनीतिक दलकै लगानी छ ।

पर्दाभित्र बसेर देश लुट्ने, जनताको हरिबिजोग बनाउने खेल चलिरहेको छ । भित्रचाँहि लुट भनेर आफ्ना कार्यकर्तालाई सिकाउने अनि बाहिरचाँहि जनताको गुनगान गाउने । देशका नेताहरु सर्पले काचुली फेर्याभन्दा छिटो आफ्नो बोली फेर्छन् । अरुले खाएको देख्न नसकेकाहरुको चाल जनताले बुझ्न सकेनन् । जसको मूल्य अहिले चुक्ता गरिरहनुपरेको छ।