एमाले गोदावरीका ४६ जनाले दिए सामूहिक राजीनामा
काठमाडौं । नेकपा एमाले गोदावरी नगर कमिटी अत्तरियाका ४६ जनाले सामूहिक राजीनामा दिएका छन्।पार्टी भित्रबाटै पटक–पटक अपमानित भएको, पूर्व माओवादी भनेर अपहेलित हुनु परेको लगायतका कारण देखाउँदै ४६ जना सदस्यहरुले यही पुस ११ गतेदेखि लागू हुने गरी नगर कमिटी अध्यक्षलाई राजीनामा पत्र बुझाएका हुन् ।
उनीहरूले तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० मिलेर नेकपा बनेपछि आफूलगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही भएको नेकपा अलग भएपछि पनि एमालेमै बसेको उल्लेख गरेका छन् ।
तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई कसैले इन्कार गर्न नसक्ने र अहिलेको गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध कै जगमा आएको उनीहरुले बताएका छन्। तर, हाल आएर महासचिव शंकर पोखरेललगायत अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।