वन्यजन्तुको आक्रमणबाट ८३ जनाको ज्यान गयो
काठमाडौं। जंगली वन्यजन्तुको आक्रमणबाट पछिल्लो ५ महिनामा मा ८३ जनाको ज्यान गएको छ। चालु आर्थिक वर्षको ५ महिनामा सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाएको ज्यान गएको नेपाल प्रहरीको तथ्यांक छ । यो अवधिमा ५ सय ९९ जना घाइते भएका छन्।
यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्याएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन्।
सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन्। २३६ जनाको प्रहरीले उद्धार गरेको छ।
त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। ११ जनाको प्रहरीले उद्धार गरेको छ।
त्यस्तै गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। ४ जनाको प्रहरीले उद्धार गरेको छ। भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् भने प्रहरीले २ जनाको उद्धार गरेको छ।