सार्वजनिक यातायातको भाडा वृद्धि (सूचीसहित)

काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ।