पूर्वउपराष्ट्रपति पुनलाई पार्टीमा मैले बोलाएको होइन: अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले नबोलाएको प्रष्टीकरण दिएका छन्।
मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले पूर्वराष्ट्रपति पुनलाई आफूले नबोलाएको र आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रष्टीकरण दिएका हुन्।
बैठकमा नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर प्रचण्डको आलोचना गर्दै पूर्वउपराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउँदा पूर्वराष्ट्रपति पदकै अपमान हुने नेताहरूको भनाइ थियो।
जवाफमा प्रचण्डले भने,मैले पासाङजी लाई आउनु भनेको होइन। रिटायर्ड भएपछि म सक्रिय भुमिकामा आउनु चाहन्छु भनिरहनुभयो। म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो। कतैतिर पनि विरोधाभास नहुने गरी पूर्वउपराष्ट्रपति पुनको भूमिका तय गरिने पनि प्रचण्डले बताए ।