वायुसेवा निगमका समस्या सुधार गर्न अध्ययन समिति गठन
काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)को समस्या सुधारका लागि अध्ययन समिति गठन गरिएको छ ।
बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले रास्वपा सांसद शिशिर खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली र सुनिता बराल सदस्य छन्।
उपसमितिलाई निगममा देखिएका समस्या पहिचान गरि सुधारका उपायसहित एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न भनिएको छ । बैठकमा समितिका अधिकांश सदस्यले अहिलेको व्यवस्थापनबाट एनएसीको सुधार हुन नसक्ने बताएका थिए।