नेपाल एयरलाइन्सलाई सुधार नगरी विश्राम लिन्नौँ: पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपाल एयरलाइन्सलाई सुधार नगरी विश्राम नलिने बताए।

‘हामी अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम लिन्नौँ। यो बैठक अन्तिम बैठक होइन की यो बैठकबाट हामी अघि बढेर नेपाल एयरलाइन्सलाई सुधारेरै छाड्छौँ भन्ने संकल्प समितिले पनि गर्नुपर्छ,उनले भने।

समस्याको पहिचान गरेर सुधार गर्नु अपरिहार्य रहेको बताउँदै उनले क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध पनि कसरी हो हामीले सुधार गर्नुपर्नेछ। क्यान नियमनकारी संस्था हो, यो सेवा प्रदायक संस्था हो। तर क्यान सेवा प्रदायक संस्था पनि हो, उनले भने,सेवा प्रदायक संस्था पनि भएको कारणले सेवा दिने दुई संस्थाको बीचमा सहकार्य र हार्दिकता नहुने हो भने काम गर्न निकै अफ्ठ्यारो पर्छ। आगामी दिनमा थप छलफल, परिणाममुखी छलफल र प्रतिफलमुखी छलफल गरेर हामी जान्छौं।

नेपालका कतिपय पहाडी क्षेत्रमा ९कर्णाली, कोशी र गण्डकी० मा ठूलो जहाजहरू उड्ने विमानस्थल बनाउन जरुरी रहेको उनले उल्लेख गरे।