दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्लाअदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ।बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन्।
त्यस्तै, उनका सहयोगी हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन्। उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा प्रसाईं, घर फुयल ‘नविन’ र रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो।