राजाले जनता बचाउन खोजे, नेताले देश र जनता नै जोखिममा पारे
रुषा थापा
तत्कालिन राजा महेन्द्र वीर विक्रम शाहले २०२१ सालमा भूमिसम्बन्धी ऐन ल्याए । त्यसअघि जनता भूमिहीन थिए । बिहान बेलुकाको छाक टार्न समेत धौधौ पथ्र्यो । जग्गा थियो तर आफ्नो नाममा थिएन । साहुको जग्गा कमाइथ्यो । उत्पादन भएका खाद्यान्न आधाभन्दा बढी दिनुपथ्र्यो । र, साहुको घरमा दासी समेत बस्नुपथ्र्यो ।
राजा महेन्द्रले राजाको पीडा देखे । गरिब जनता शोषित भइरहेको देखेपछि उनले भूमिसम्बन्धी ऐन ल्याएका हुन् । ऐनमा जमिन आधा साहु र आधा कमाउने किसानको हुने व्यवस्था गरिएको थियो । राजा महेन्द्रले सरकारी, सार्वजनिक, गुठीका जग्गा बाँडेनन् । बरु शोषितहरुले आफ्नो आधा जग्गा कमाउने किसानलाई दिनुपर्ने प्रावधान ल्याए ।
जसले गरिब जनताहरुले न्याय मात्र पाएनन् । शोषितहरुको अन्याय, अत्याचार अन्त्य गर्नुका साथै राज्यको सम्पत्तिको समेत संरक्षण भयो । राजा महेन्द्रको सिद्धान्त थियो कि जसको जोत त्यसको पोत । उनी जनतालाई भोको राख्नु हुँदैन वा सुकुम्बासी हुनुहुन्न भन्ने खालका थिए । राजा महेन्द्रले ल्याएको भूमिसम्बन्धी ऐनपछि सुकुम्बासी वा भूमिहीन जनताले पनि जमिन पाए ।
यसबाट गरिब जनता निकै खुशी भए । उनीहरुलाई धेरै हदसम्म राहत मिल्यो । पहिला वर्षभरि दिनरात मेहेनत गरेर उत्पादन गरेको अन्नपात आधाभन्दा बढी भूमिको मालिकलाई दिनुपथ्र्यो । वर्षौ जग्गामो खेतपाती गरेपनि एक इन्च समेत पाइँदैन्थ्यो । तर, राजाले भूमि ऐन ल्याउनेबित्तिकै गरिब, निमुखा जनता पनि भूमिको मालिक बने ।
यद्यपि, २०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । ०६२–०६३ सालमा बहुदलीय व्यवस्था समेत ढलेर मुलुकमा लोकतन्त्र गणतन्त्र आयो । राजा महेन्द्रको निधन २०२८ माघ १७ गते भयो । उनको मृत्यु भएको झण्डै ५३ वर्ष पुगेको छ । यस अवधिमा जनता सुकुम्बासी अवस्थामा पुगेका छन् । जनताको जमिनमा बैंक, वित्तिय संस्था, मीटरब्याजीहरुले खाइदिएका छन् ।
यता, सरकारी, सार्वजनिक, गुठीका जमिन पनि राजनीतिक दल र कर्मचारीहरुको मिलेमतोमा व्यक्तिको नाममा गएको छ । राजा महेन्द्रले जनतालाई घरविहीन हुन नदिन साहसी निर्णय गरेका थिए । तर, अहिले जनता सुकुम्बासीसँगै मर्नु न बाँच्नु अवस्थामा पुगेका छन् । राजाले जनता बचाउन खोजे । विडम्बना, राजनीतिक दलहरुले जनता र देशै सिद्धाए ।
राजनीतिक दलहरुले राजतन्त्र हटाएर मुलुकमा लोकतन्त्र गणतन्त्रको स्थापना गराए । जुन उनीहरुले ठूलो उपलब्धिको रुपमा लिँदै आएका छन् । लोकतन्त्र गणतन्त्रपछि जनताले स्वतन्त्रता पाए । आफ्नो विचार स्वतन्त्र रुपमा राख्न पाए । तर, दुर्भाग्यको कुरा के छ भने अहिले जनता आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् भने देश खोक्रो भइसकेको छ ।
राजाको पालामा अहिलेजस्तो स्वतन्त्रता नभएपनि जनतासँग आफ्नो सम्पत्ति थियो । देशमाथि विदेशी ऋणको कुनै भार थिएन । न त छिमेकी मुलुकहरुले नेपाली भूभागमाथि नै कब्जा गर्न सकेको थियो । अहिले देश दिनप्रति दिन विदेशीको कब्जामा गइरहेको छ । जनताको सम्पत्तिमाथि शोषक, सामान्तीहरुले कब्जा जमाएका छन् । छिमेकी मुलुकहरुले पनि नेपाली भूमिमाथि आँखा गाँडेका छन् ।
देश कंगाल भइसक्यो । जनताको अवस्था दिनानु दिन नाजुक बन्दै गएको छ । अनि मुलुकमा राजतन्त्र हटेर लोकतन्त्र गणतन्त्र आएर के कति उपलब्धि भयो ? देश समृद्ध बनाउने, सर्वसाधारणको जीवनस्तर उकास्ने नारा लगाउँदै राजनीतिक दलहरुले सीधासाधा जनतालाई शहिद बनाएर लोकतन्त्र गणतन्त्र ल्याए । त्यसको फाइदा दलका नेता र कार्यकर्तालाई मात्र भइरहेको छ ।
दलकै नेताहरुले पर्दाभित्र बसेर जनतालाई सुकुम्बासी बनाए । उनीहरुको धनसम्पत्ति खोसे । अझै पनि यीनीहरु नै जनतालाई भ्रममा पारिरहेका छन् । मुलुकका बैंक तथा वित्तिय संस्थामा लगानी गर्नेमा धेरैजसो राजनीतिक दलका नेता, कार्यकर्ता भेटिन्छन् । मीटरब्याजमा पैसा लगाउने पनि यीनीहरु नै हुन् । सोझासाझा जनतालाई घुस खाएर थोरै ऋण प्रवाह गरी करोडौंको धितोमा दलका नेता, कार्यकर्ताले नै कब्जा जमाएका छन् ।
जनतालाई सुकुम्बासी अवस्थामा पुर्याएका छन् । उता, मीनपावर, कन्सलट्रेन्सी खोलेर नेपाली युवाहरुलाई भेडा बाख्राझैं विदेशमा बेचिरहेका छन् । फेरि उनीहरुले नै पठाएको रेमिट्यान्समा मोजमस्ती पनि गर्छन् । सहकारीमा करोडौं जनताको खर्बौ रकम डुब्यो । अहिले सहकारी डुबेपछि एकपछि अर्को दलका नेता, कार्यकर्ताको पोल खुलिरहेको छ ।
सहकारीमार्फत जनता डुबाउने पनि दलकै नेता, कार्यकर्ता हुन् भनेर प्रमाणित भइसकेको छ । राजा दयालु थिए । जनताको घरमा चुलो बल्यो कि बलेन ? भनेर राजा आम सर्वसाधारण जसरी हिँड्ने र बुझ्थे । अनि सबै जनताले खाना पाएको थाहा पाएपछि मात्र आफु खान्थे । राजतन्त्रमा देशमा एउटा राजा हुन्थे । राजा कहिकतै जानुपरेमा पनि सुटुक्कै जान्थे ।
सर्वसाधारणलाई दुःख, हैरानी नहोस् भनी । तर, अहिले देशभर राजा छन् । जनप्रतिनिधिको नाममा राजा बनेर यीनीहरुले जनताको रगतपसिनामा मोजमस्ती गरिरहेका छन् । अहिलेका जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिहरु बाहिर निस्कँदा बाटो नै बन्द गराउँछ । त्यो पनि घण्टौं । तातो घाममा जनतालाई उभाएर राख्छन् । अनि उनीहरुजस्तो व्यस्त अरु कोही छैन भनेर देखाउँछन् ।
जनताकै करमा मीठामीठा खानेकुरा खान्छन् । तर, कोही नागरिक भोको मरेको वा पैसा नभएर उपचार नपाएर मरेको उनीहरु देख्दैनन् । मुलुकमा लोकतन्त्र गणतन्त्र त आयो । विडम्बना, यसले जनजीवनमा सुधार ल्याउनुको साटो राजनीतिक दलका नेता, सरकारी कर्मचारी र कार्यकर्तालाई मात्र मोज भएको छ । अहिले गरिब जनता झन् झन् गरिब हुँदै गएका छन् भने शोषक, सामान्तीहरु धनी बनिरहेका छन् ।
जनता त गरिब भए नै सँगै अहिले त देशै गरिब अनि लाचार बन्न पुगेको छ । कुनै बेला नेपाल सुन्नेबित्तिकै विदेशीहरु डराउँन्थे । किनकि विश्वका अहिलेका शक्तिशाली भनिएका देशहरु विगतमा ब्रिटिसको कब्जामा पुग्दा हाम्रो देश भने स्वतन्त्र रहेको थियो । त्यसका लागि जनताले आफ्नो रगत बगाए । आफु मरे तर देशलाई बचाए । त्यतिबेलाका राजाहरुले पनि मातृभूमिलाई माथि राखे ।
आफ्नो ज्यान जोखिममा राखेर युद्ध लडे । तर, देशलाई बचाएरै छोडे । केही दशकअघिसम्म मुलुक हरेक खाद्यान्नमा आत्मनिर्भर थियो । विदेशीलाई अनुदानमा समेत खाद्यान्न दिइन्थ्यो । दुर्भाग्य अहिले विदेशीको अन्नपातमा हामी बाँचिरहनु परेको छ । यति मात्र होइन विदेशी ऋण दिनप्रति दिन बढ्दो क्रममा छ । त्यो ऋण तिर्न नसके विदेशीले देशैमाथि कब्जा जमाउने छ ।
यसले भविष्यमा हामी नेपाली र नेपाल भन्ने देश विश्वमै नरहने समेत चिन्ता बढेको छ । विगत राजाको पालामा एक जना पनि नेपाली रोजगारीका लागि विदेश जादैँन्थे। तर, अहिले दिनहुँ हजारौं नेपाली युवा रोजगारीका लागि विदेशिरहेका छन् । अब आफैं भनौं देशमा लोकतन्त्र गण्तन्त्र आएर के उपलब्धि भयो ? जनता आत्महत्या गर्नु अवस्थामा पुग्नु र देश कंगाल हुनुबाहेक केही भएन । राजाले जनता बचाउन खोजे भने नेताहरुले जनता र देशलाई नै जोखिममा पारे ।