राष्ट्रिय मुक्ति क्रान्तिले मात्र देश र जनताको रक्षा गर्न सकिन्छ: सहसंयोजक गजुरेल (भिडियोसहित)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेलले राष्ट्रिय मुक्ति क्रान्तिले मात्र देश र जनताको रक्षा गर्न सकिने बताएका छन्। उनले यो संसदीय व्यवस्थाले जनतालाइ दु:ख दिने काम मात्र गरेकोले अब राष्ट्रिय मुक्ति क्रान्ति मार्फत मात्र देश र जनताको रक्षा गर्न सकिने दाबी गरे।

यो मक्कियको संसदीय व्यवस्थाले जनताको हित गर्दैन अब जनताको भाग्य भविष्य समेत निर्माण गर्न राष्ट्रिय मुक्ति क्रान्ति नै चाहिने भएकोले पूर्व मेची र पश्चिम गड्डा चौकीबाट एक साथ राष्ट्रिय मुक्ति मार्च अभियान सञ्चालन गरेको बताए। यो व्यवस्था फ्याकेर नयाँ राज्य व्यवस्था स्थापना गर्न राष्ट्रिय मुक्ति क्रान्तिको झण्डामा सम्पूर्ण देशभक्त र राष्ट्रवादी जनताहरूले उठाउने बेला भएको उल्लेख गरे।