कविडाँडा राष्ट्रिय गजल उत्सव – २०८१ सम्पन्न
प्रेम प्रसाद कडेल
चितवन।कविडाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्रीको अध्यक्षतामा कविडाँडा राष्ट्रिय गजल उत्सव-२०८१ सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्वागत मन्तब्य गजलकार प्रभाकर पण्डित एवम् शुभकामना गजलकार पुष्प अधिकारी अञ्जलीले राखेका थिए।
गजलकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ बुँद राना, प्रा डा कृष्णहरी बराल, डा घनश्याम न्यौपाने परिश्रमी, डा ज्ञानुवाकर पौडेल, कवि गोविन्दराज विनोदीलाई कविडाँडा साहित्य सम्मान – २०८१ द्वारा सम्मानित गरिएको छ। कविडाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्रीले दोसल्ला ओढाएर सम्मानपत्रले अभिनन्दन गरेका थिए।
नेपाली गजलका १२५ जना देशका पूर्व झापादेखि कञ्चनपुरसम्मका गजलकारहरूको उपस्थितिमा भएको कार्यक्रममा अतिथिहरु गजलकार नारायण प्रसाद शर्मा गैरे र डा दिपक कुमार खड्काले कार्यपत्र प्रस्तुत गरेर नेपाली समाजमा गजलको विकसित धाराहरू र अंग्रेजी, उद्रु एवम् फारसी भाषामा गजलको उत्पत्ति अवधारणा र विकासको उल्लेख गरिएको थियो। उक्त कार्यपत्रमा टिप्पणी ज्ञानुवाकर पौडेल एवम् घनश्याम न्यौपाने परिश्रमीद्वारा गरिएको थियो।
आजको नेपाली गजल- धारै धारको महामेलामा गुणस्तरको सकस विषयमा विनोद अनुजको सहजीकरणमा प्रा डा घनश्याम न्यौपाने परिश्रमी, डा ज्ञानुवाकर पौडेल, भुवन बोहोरा र रमेश प्रभातको बिचमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको अन्त्यमा नेपाली भाषाको गजलका सम्बन्धको कविडाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्रीले बाह्र बुँदे समझदारी पत्र सार्वजनिक गर्नुभयो। कार्यक्रममा प्राज्ञ बुँद राना , डा ज्ञानुवाकर पौडेल, प्रा डा घनश्याम न्यौपाने परिश्रमी, प्रा डा कृष्णहरी बराल, डा दिपक कुमार खड्का, डा नारायण प्रसाद शर्मा गैरे, सागर तिमिल्सिना, समिर मिलन, बाबु त्रिपाठी, नारायण नेपाल, विष्णु तिवारी उषा, पुरुषोत्तम ढुंगेल, कविता घिमिरे, प्रदिप अन्जान, प्रदिप रोदन, किसान प्रेमी,कमल अर्याल , सुमन घिमिरे, पुष्प अधिकारी अञ्जली, रामकृष्ण अनयास, अमला अधिकारी, प्रेम कडेल उदय, जीवन सुवेदी, विमर्श कडेल लगायतका तिन दर्जन गजलकारले गजल वाचनपश्चात कार्यक्रम समापन भएको घोषणा कविडाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्रीले गरेका थिए।
कार्यक्रमको सन्चालन पहिलो सत्रमा कविडाँडा साहित्य समाजका सचिव लेखराम सापकोटा र दोस्रो सत्रको गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनयासले गरेका थिए।