सम्पति शुद्धीकरणको नाममा रविलाइ मात्र दु:ख दिन पाइदैन,ओली,देउवा र प्रचण्डको पनि छानबिन हुनुपर्छ: अध्यक्ष लिङ्देन (भिडियोसहित)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पति शुद्धीकरणको नाममा रवि लामिछाने मात्र दुख दिन नपाइने बताएयका छन्। उनले भनेका छन् नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि सम्पति छानबिन गर्नु पर्ने माग गरेका छन्।

उनले भने उँहाहरूको पनि सम्पति कहाँबाट आयो स्रोत के हो सबै जनताले बुझ्नपाउनु पर्छ,कसैलाइ राजनितिक प्रतिशोतका आधारमा दुख दिनु राम्रो कुरा नभएको बताएका छन्। सबैभन्दा पहिला म बाट सम्पति छानबिन सुरू गर्नुहोस् त्यसपछि राज्यका विभिन्न निकायमा पुगेका नेताहरू सबैको सम्पति छानबिन गरौं अध्यक्ष लिङ्देनले भने। राजनितिमा जोडिएर भ्रष्टचार गरेर पैसा खाएको छैन भन्ने कुनै पनि पार्टीका नेताहरूको हिक्मत नभएको अध्यक्ष लिङ्देनले दाबी गरे।