यो सरकार आफैँ ढल्छ, हामीले बल गर्नै पर्दैन: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने बताएका छन्।

मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले कांग्रेस गठबन्धको सरकार आफैं ढल्ने बताएका हुन्।

‘वर्तमान सरकार अपारदर्शी र असंवैधानिक र अप्राकृतिक हो। त्यसैले यो सरकार अन्ततः ढल्नु नै छ। हामीले धेरै बल गर्नुपर्दैन। यसको आयु धेरै छ जस्तो लाग्दैन, उनले भने।

साथै उनले कांग्रेसका संस्थापन पक्षकै नेताहरूमा असन्तुष्टि आइरहेको भन्दै ओली नेतृत्वको सरकारको आयु लामो नभएको बताए।

‘हामीले घटनाक्रमहरुलाई गम्भीर रुपमा रेहिरहेका छौं। मैले मिति तोक्नु त ठिक नहोला। तर कांग्रेसका संस्थापन पक्षकै नेताहरूमा असन्तुष्टि आइरहेको छ ।सरकार आफैँ आफ्नो आयु घटाइरहेको छ।