देउवाले आज पार्टीका मन्त्रीहरूसँग कामको समीक्षा गर्दै
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबैलाई बिहीबार बिहान छलफलका लागि बोलाएका छन्।
उनले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन्।
पार्टीतर्फका मन्त्रीले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न देउवाले उनीहरूलाई बोलाएको उनका स्वकीय सचिव भानु देउवाले बताए।
सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन्। उनीहरूको कामका विषयमा गुनासो बढेपछि देउवाले छलफलका लागि बोलाएका हुन्।