रविविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ताको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा अर्को मुद्दा दायर गर्ने तयारी भएको छ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध आज सरकारी वकिलको कार्यालयल आज बिहीबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ अदालतबाट बुधवार धरौटीमा रिहा भएका लामिछानेविरुद्ध आज साँझासम्म मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले जानकारी दिए ।

प्रहरीले गत शुक्रवार नै लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी बनाउँदै मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ।

उक्त प्रकरणमा पुराना २८ र नयाँ १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजय पण्डितले बताए।