गृहमन्त्री लेखक कांग्रेसभित्रै असन्तुष्टिले अफ्ठ्यारोमा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबीच धेरै कुरामा समानता देखिन्छ। दुवै जना बोल्नमा माहिर छन्। उखानटुक्का जोड्दै राम्रो भाषणकला भएका नेताका रुपमा उनीहरु चिनिन्छन्। तर दुर्भाग्य के छ भने दुवै जना कामभन्दा कुरा बढी गर्ने नेताका रुपमा चर्चित छन्। जसको परिणामवर्तमान सरकारको काम गराइले देखाउछ। सरकारमा ६ महिना गुर्जादा पनि गतिलो गरी जनताले पत्याउने ६ काम गर्न सरकारले सकेको छैन।
राज्यलाई चलायमान बनाउने जिम्मेवार गृह मन्त्रालय आफैँ निरीह बनेको छ। त्यहीनिरीह मन्त्रालयको कुर्सीमा विराजमान छन् रमेश लेखक । गृहको कुर्सीमा लेखक देखिए पनि मन्त्रालय भने बुढानीलकण्ठले हाँकेको देखिन्छ।
‘जसोजसो बाहुन बाजे, उसैउसै स्वहा’ भने जस्तोलेखक,कांगे्रस सभापनि शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाको रिमोर्ट कन्ट्रोल बनेका देखिन्छन्।गृह सम्हालेयता आलोचना र विवादको चौघेरामा पर्दै आएका लेखकको कार्यशैलीलाई लिएर आफ्नै पार्टी कांग्रेसभित्र समेत असन्तुष्टि बढ्न थालेको छ ।
प्रहरीको सरुवा बढुवादेखि हस्तक्षेपसम्मले प्रहरी संगठनले राम्रो काम गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ । प्रहरी संगठनमा उमेर हदका कारण विवाद र भाँडभैलो मच्चिदा पनि उनी चुइक्क बोलेका छैनन्।
लेखकले पछिल्लो समय सिंहदरबार भित्रै एकमन्त्रीलाई सुरक्षा दिन नसकेको भन्दै आलोचना भइरहेको छ। गत बुधवार सिंहदरबारकै छेउमा रहेको काठमाडौं जिल्ला अदालत परिसरमा प्रहरीको नाकैमुनि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनालेपनि सिंगो सरकारको सुरक्षा संयन्त्रको धज्जी उडेको छ ।प्रतिपक्षमा रहेका दलहरुले भने सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउने जिम्मा सरकारको भएको दाबी गर्छन्।
प्रतिपक्षी दलका नेता तथा विरोधीलाई विभिन्न आरोपमा फसाउने र आफू निकट विवादित व्यक्तिलाई भने उन्मुक्ति दिने कार्यमा गृहमन्त्रालयले भूमिका खेलेको आरोपसमेत लागिरहेको छ।
केही नेपाली युवाहरुबाट लाखौं रकम असुलेर जापान पु¥याएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाभल्लव अधिकारीलाई बचाएको आरोप छ। सहकारी प्रकरणमा प्रतिपक्षमा रहेकाहरुलाई प्रतिशोध साँधेको र सत्ता पक्षका धनराज गुरुङ तथा ऋषिकेश पोखरेल लगायतलाई काखी च्यापेको आरोप पनि लेखकमाथि छ।