घट्यो सुनचाँदीको मूल्य प्रतितोला कति ?
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा छापावाल सुन तोलामा ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीमा प्रतितोला १५ रुपैयाँले घटेको छ। मंगलबार एक हजार ८३५ रुपैयाँ कायम भएको प्रतितोला चाँदी सोमबार १ हजार ८५० रुपैयाँ थियो।