०८४ को निर्वाचन अग्रगमन,स्वाधीनता र समाजवादको पक्षमा हुनुपर्छ: महासचिव विप्लव (भिडियोसहित)
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गरेका छन्।
उनले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधीनताका लागि काम गर्ने बताए। नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरुको चाहना रहेको बताए।
देशलाई स्वाधीन बनाउने एजेण्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको बताए। उनले नेपाली जनताको पैसा, दया, माया नभई विश्वास भए मात्रै पुग्ने बताए।
एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता गरे। कसैले पनि हेप्न नसक्नेगरी नेपालको व्यवसायलाई माथि उकास्ने बताए। नेपाली जनताले विश्वास गरे बहुमत वा दुईतिहाइ सिट नेकपाले जित्ने बताए।महासचिव चन्दले ०८४ को निर्वाचन अग्रगमन, स्वाधीनता, समाजवादको पक्षमा हुने बताए।