आज यस्तो रहनेछ दिनभरको मौसम
काठमाडौं।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा छ। तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार अपराह्नसम्म काठमाडौं उपत्यकामा आंशिक बदली हुने सम्भावना छ। बिहान यहाँको न्यूनतम तापक्रम ८।५ डिग्री सेल्सियस छ भने दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने अनुमान गरिएको उनले जानकारी दिए।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यसैगरी राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भोगमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। साथै कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ।