ओखलढुंगामा गाडी दुर्घटना,तीन जनाको मृत्यु

ओखलढुंगा। ओखलढुंगामा बिरामी बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति मानेभञ्ज्याङ गाउँपालिका वडा–४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार ना १ ज ६४२१ नम्बरको गाडी खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको थियो । उक्त गाडी सडकबाट खोला किनार खसेर दुर्घटना भएको हो । डीएसपी खड्का अनुसार गाडी गएराति नै दुर्घटना भएको थियो । तर, स्थानीयले बिहान मात्र प्रहरीलाई खबर गरेका थिए । उनले घटनास्थलमा प्रहरी पुगिसकेको बताए ।

चालकको अवस्थाबारे बुझ्ने काम भइरहेको बताउँदै उनले भने, ‘अहिलेसम्म तीनजनाको शव निकालिएको छ ।’ मृतकहरूको पहिचान खुलिनसकेको उनले बताए ।