बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो।

हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ। निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ।