प्रहरीको डीएसपी भन्दै ठगी गर्ने एकजना पक्राउ
जनकपुरधाम । धनुषामा आफूलाई नेपाल प्रहरीका डीएसपी भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका-२० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरको टोलिले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको प्रहरी निरीक्षक जटशंकर यादवले जानकारी दिए।
दिपकले डीएसपी भन्दै आफूसँग ५० हजार रुपैयाँ ठगी गरेको भनी धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठले इलाका प्रहरी कार्यालय ढल्केवरमा दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो ।
दिपकलाई ठगी कसुरमा धनुषा जिल्ला अ दालतबाट म्याद थप लि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।