सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।