ओली–देउवाको कारिन्दा बन्दा गगन–योगेशको राजनीति नै संकटमा
आर.एस. महतारा
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका सचिव योगेश भट्टराइ ओली–देउवाको कारिन्दा बन्दा दुइ युवा नेताको राजनीति भविष्य नै संकटमा परेको देखिन थालेको छ। नेपाली राजनीतिका दुइ चर्चित युवा नेताहरूको राजनीतिमा जनताले जति आशा र अपेक्षा गरेका थिए त्यो सबै ओली र देउवाको चाकडी गरेर आफ्नो भविष्य आफै चक्नाचुर पारेका छन्।
नेपालका राजनीतिक दलहरू प्रतिपक्षमा हुँदा सबै गलत र सत्तामा पुगेपछि त्यही गलत पनि ठिक भन्ने भाष्य,संसदीय राजनीतिमा सामान्य जस्तै देखिएको छ। कांग्रेस महामन्त्री गगन थापा र एमाले सचिव योगेश भट्टराइ यो मामलामा नम्बरी जोडी जस्तै देखिएका छन्। उनीहरुको विगत कोट्याएर अहिले आलोचना गर्नै जमात बढ्दैछ गएका छन्। तर, आलोचन सहेर पनि हिजो भिड्ने नेतृत्वको फेरो समात्न किन बाध्य छन्।
जनताले ‘नो नट अगेन’को क्याटागोरीमा राखेका यी दुई बुढ्यौली नेता शेरबहादुर देउवा र केपी शर्मा ओलीको पछि लागेका दुई युवा नेता गगन थपा र योगेश भट्टराइ प्रति थोरै आशा गरिएका युवा नेताहरूमा पर्ने गर्थे तर अहिले सबै भन्दा बढी जनताको तारो बन्न पुगेका छन्।
समय–समयमा पार्टी संस्थापनका विरुद्ध बोलेर युवापुस्तामा छाप छोडेका यी युवा भनिने दुई नेताहरु विगत बिर्सिएर अहिले नेतृत्वको चाकडीमा लाग्दा जनताले उनीहरुका एक–एक बोलीको हिसाब राख्न थालेका छन्। सत्तायात्राको रेसबाट छुटेका यी दुबै नेताले कांग्रेस–एमाले नेतृत्वमा जतिसुकै गलत काम गरे पनि बचाउमा जबरजस्त उत्रिएका छन्।
वर्षौँसम्म तीन पूर्वप्रधानमन्त्रीको क्लबबाट देश बाहिर ननिस्किए सम्म हुुँदैन भनेर जनता र कार्यकर्तालाई भ्रममा पारे। अहिले त्यही क्लबका वादशाहहरुलाई सफल बनाउन भरपूर मेहनत गरेका छन्। र यसैलाई राजनीतिक धर्म सम्झिएका छन्।
फुर्ती भने कम छैन। सार्वजनिक मञ्चमा अहिलेका प्रधानमन्त्री भन्दा राम्रो काम गर्नसक्ने दाबी गर्छन्। तर, नराम्रो काम गर्ने प्रधानमन्त्री किन बोकेको भन्ने प्रश्नको जवाफ दिन नसकेका गगनको लीला गजबको देखिन्छ।
यहाँ सरकारको समर्थन गर्नुुलाई अन्यथा मान्न वा भन्न खोजिएको होइन। तर, केही तथ्य छन् जसले गगनलाई अहिले पनि जिस्क्याउँछ। किनकी कांग्रेसले यसअघि माओवादीसँग पनि सत्ता सहकार्य गरेको थियो। तर, शेरबहादुर देउवा नै प्रधानमन्त्री भएका बेला समेत सरकारलाई यत्तिको सहयोग गरेका थिएनन्।
बरु सत्तापक्षकै सांसद भएर प्रतिपक्षीको भूमिका निभाएका थिए। तर, अहिले जतिसुकै गलत काममा पनि किन काँध हालिरहेका छन् भन्ने प्रश्न उठेको छ।
प्रतिपक्षमा बस्दा घाँटीको नसा सुनिए जस्सरी चिच्याएर बोलेका गिरीबन्धु, भुटानीबन्धुका प्रश्न खोइ जनताले प्रश्न उठाउँदै छन्। हिजो यही कांग्रेस प्रतिपक्षमा रहँदा ओलीले अध्यादेश ल्याए कन्टेन्ट नहेरी अध्यादेशको प्रकृयामा प्रश्न उठाइन्थो। अहिले प्रक्रिया नहेर्नुस् कन्टेन्ट हेरे पुग्छ भन्दैछन्।
केही वर्षअघि गगन थापाले संसदमै बोलेको यो अभिव्यक्ति। अहिले त्यही प्रकृतिको विधेयक गगनले गुनगान गाएकै सरकारले ल्याउँदा उनलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रको चिन्ता छैन। तँ त्यही बोल् जे म सुन्न चाहन्छु। किनकी म सत्ताको कोर टीममा छु भन्ने स्थानमा गगन छन्।
तर, गगनका यीनै क्रियाकलापमा कडा शब्दमा कांग्रेसकै पूर्वनेता डा। अमरेशकुमार सिंहले संसदमै गतिलो जवाफ फर्काएपछि गगन र विश्वप्रकाश शर्माको चेहरा हेर्न लायक देखिन्थ्यो।
पार्टीमा माधव नेपाल र भीम रावलको हालत हुन्छ भन्ने डरले ग्रसित योगेश पनि अहिले यही ‘नो नट अगेन’वाला क्लबमै छन्। तत्कालिन विद्रोही १० भाइ आफैँ निष्क्रिय रहेका बेला एमालेमै विरोधी धार बनाउन समेत नसक्ने बुझेरै अहिले ओलीको अघोषित प्रवक्ता बनेका छन्।
संसदमा एमालेका तर्फबाट दलीय हैसियतमै बोल्ने मौका पाएपछि हिजो बैगुनी केटोको ट्याग पाएर ओलीको लिंग छुट्याउन अग्रसर योगेश माधव नेपालको खोइरो खन्न उद्दत देखिए।
जबकी माधवकै क्याम्पमा रहेर योगेशले यसअघि राजनीतिक लाभ लिएका थिए। अध्यादेशको साहरा लिएर पार्टी खोल्न लाग्दासम्म पनि माधवकै साथमा थिए। तर, भविष्य धरापमा पर्ने बुझेपछि ओलीकै शरणमा पुगेका थिए। माधवलाई गाली गरेर ओलीको प्यारो भइन्छ भन्ने बुझेका योगेशले त्यही शैली अपनाएका छन्।
उमेर र समयले अब गगन र योगेशले सम्भवतः युवाका नाममा राजनीति गर्न पाउँदैनन्। किनकी रास्वपा लगायतका केही नयाँ दल र स्वतन्त्र राजनतिले उनीहरुको युवा राजनीतिको सेन्टिमेन्ट ढोक्सा बन्द गरिदिएको छ। अब नेतृत्वसँग पौठाजोरी खेलेर भविष्य संकटमा छ भन्ने कुुरा उनीहरुले बुझेका छन्।
एमालेको सन्दर्भमा हेर्दा दोस्रो तहका धेरै नेताले चुनाव हारेका छन्। उनीहरुले नेतृत्वलाई टक्कर दिने हिम्मत समेत देखाएका छैनन्। यस्तो अवस्थामा मन्त्री बन्न र आगामी महाधिवेशनमा महासचिवसम्मको दावादारीको माहोल बनाउन योगेशको सक्रियता हुनसक्छ। यता गगन भने पाएको मन्त्री पद समेत अस्वीकार गरी प्रधानमन्त्रीको मिसन भन्दै नेतृत्वको चाकडीमा व्यस्त छन्।
अर्कोतर्फ सकारात्मक पक्ष पनि छ। जहाँ गगन थापाले उठाएका सहकारी प्रकरण र आईटीको क्षेत्रमा सरकारले सकारात्मक काम गरिरहेको छ। यसकारण समेत कांग्रेस–एमाले सरकारको फेबर गर्नु गगनलाई बाध्यता बनेको हुनसक्छ।
त्यसैले प्रश्न उठाएर प्रोफाइल बनाएका उनीहरु नेतृत्वको पिछलग्गु बन्दा आलोचना र ट्रोलको सिकार बनेका छन्। तर, भिडेर भन्दा मिलेरै ८४ व्यञ्जन चाख्न पाउने उनीहरुको योजना कति सफल हुन्छ त्यो भने पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छ।