समाजवाद ल्याउन नसके मृत्युदण्डका लागि तयार छु: वामदेव गौतम
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने दावी गरेका छन् ।आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले समाजवाद ल्याउन नसकेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए । उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए ।
अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उनले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए ।
उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्ने बताए । गौतमले संविधानबमोजिम के कति सङ्ख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताए । उनले अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको बताए।