स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक माग
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्नेगरी आवेदन माग गरेको हो।
योग्यता पुगेका उम्मेदवारले तपसिल बमोजिमको आवश्यक विवरण संलग्न गरी दश दिन भित्र यस मन्त्रालयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।
सरकारी निकाय वा संस्थागत सेवारत आवेदकको हकमा दरखास्तसाथ सेवारत निकायबाट स्वीकृति प्रदान गरिएको पूर्वस्वीकृति अनिवार्य पेस गर्नुपर्ने सर्त राखिएको छ।