सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सांसद शाहीको माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौं महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गरेका छन्।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाए। उनले धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको बताए।

उनले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहहरूलाई ठप्प नपार्न चेतावनी दिए।