सुनको मूल्य घट्दा चाँदी बढ्यो,तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ घटेर सुन आज प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ। बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो।