डीएसपी घाइते घटनामा पक्राउ परेका सबै गुठी पीडित रिहा

काठमाडौं। नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा आइतबार पक्राउ परेका स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका १२ जनालाई प्रहरीले छाडेको छ।

लालपुर्जा माग्दै गत माघ २० गतेदेखि काठमाडौंमा प्रदर्शन गदै आइरहेका गुठीपीडित र प्रहरीबीच आइतबार झडप हुँदा डीएसपी गंगा पौडेल घाइते भएका थिए। त्यसपछि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको थियो।

जसमा पिमा चौधरी,सुनिता चौधरी,विमला चौधरी,विन्दु कुमाल,रमा चौधरी,रमेश चौधरी,भरत चौधरी,लाल बहादुर चौधरी,धनिराम चौधरी, शेरबहादुर चौधरी,बालकृष्ण चौधरी र प्रविण चौधरीलाई नियन्त्रणमा लिएको थियो।

उनीहरु सबैलाई आज बिहान छाडिएको जिल्ला प्रहरी परिसर,काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।