स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
सिफारिस समितिले कमल पन्थी, डा.कृष्णप्रसाद अधिकारी र डा। रघुराज काफ्लेको नाम सिफारिस गरेको छ। समितिले आवेदन स्वीकृति भएका १० जनासँग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गरेको हो।