कर्णाली नदीमा खसेर एकजनाको मृत्यु, उद्दार गर्न गएका ८ जना भीरमै अड्कीए
काठमाडौं। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका २ फयाल गाउँका पुसे भण्डारीकाे माछा मार्न जाने क्रममा मृत्यु भएकाे छ। प्रत्येक दिन कर्णाली नदीमा झरेउला हाल्ने र जाल खेल्ने उनको दैनिकी नै थियो।
आइतबारपनि उनी जाल सहीत कर्णाली पुगे। आफूले हालेको झर्उलाँको माछा संकलन गरे, केही माछा जाल हानेर मारे। पीठ्यूँमा माछा मार्ने जाल, हातमा माछा बोकेर उनी फर्किने बेला एक्कासी चिप्लीएर त्यही लडेँ र कर्णाली नदीको किनारामा खसे।
घाइते भएका उनले आफन्तलाई फोन गरे। हातखुट्टा भाँचिएको र उठ्न नसक्ने अवस्थामा पुगेका भण्डारीले फोन गरेर आफन्तलाई उद्दारको अपिल गरे। गाउँबाट ४ जना पुरुष, एक महिला र ३ जना बालबालिका हतार हतार उद्दारका लागि घटना स्थल पुगे। ४ बजेतिर उनी लडेका हुन्। साँझ पर्दै थियो। ५ बजेपछि आफन्त पुगे। त्यहाँ पुग्दा ३८ वर्षका भण्डारी अचेल भइसकेका थिए।
तर उद्दारका लागि गएका आफन्त पुसे खसेको स्थान नपुग्दै बीचमै फसे। पुसे भण्डारीको ज्यान गइसकेको छ। अरु उद्दारका लागि गएका आठ जना पनि आइतबार साँझदेखि बीचमै अड्कीएका छन्। तल झर्दा कर्णाली नदी छ। माथि आउन भीर। जता गएपनि जोखिममा परेका छन् उनीहरु।
उद्दारका लागि सहज हुनेभएपछि ३ जना १२।१३ वर्षका बालबालिका पनि साथमा लिएर गएको देखिन्छ। उनीहरुपनि खानापानी विनै हिजैदेखि भीरमै अड्कीएका छन्, स्वामिकार्तिक खापर गाउँपालिका २ का वडा अध्यक्ष विष्णुबहादुर बुढा । पुसे भण्डारी र भीरमा अड्कीएका स्थानीय सबै बुढाकै गाउँका आफन्त हुन्।
साँझदेखि नै प्रहरीको टोली घटना स्थलमा छ। तर उद्दारको कुनै विकल्प नभएपछि सबैजना जागराम देखिन्छ। भीरबाट खसेको मान्छेको ज्यान गइसक्यो, उद्दारका लागि गएकोहरुको उद्दारमा थप समस्या देखिएको वडाध्यक्ष बुढाले जानकारी दिए। उनका अनुसार हिमाली गाउँपालिकाबाट बोट ल्याउने तयारी भइरहेको छ।
कर्णालीमा बोट मार्फत उद्दारको तयारी गरिएको छ। त्यो पनि तत्काल उद्दार हुने अवस्था देखिदैन्। भीरमै अड्कीएकाहरु भोकभोकै छन्। पानी समेत खान पाएका छैनन्। रातभरिको चिसोले उनीहरुको स्वास्थ्य पनि कमजोर हुँदै गएको देखिन्छ। भीरमा अड्कीएकाहरुले आफूहरुको उद्दारको अपिल गरिरहेका छन्। डोरी अड्काएर तान्ने अवस्था समेत नरहेको स्थानीयको भनाई छ। उनीहरुलाई पनि कर्णाली नदी किनारमै खसाएर बोट मार्फत नै उद्दार गर्नु पर्ने अवस्था देखिन्छ।
यता बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले मृतकको शव नदीको खोचमा रहेको र अड्कीएका स्थानीय पनि भीरको बीच स्थानमा रहेकोले हेलिकप्टर मार्फत उद्दारको संभावना नरहेको बताउँछन्। हिजैबाट प्रहरीको उद्दारटोली घटनास्थलमै रहेकोले कर्णालीमा बोट मार्फत शव र अड्कीएका स्थानीयलाई उद्दारको उपाय निकालिएको जानकारी दिए।
माछा पर्ने सिजन भएकोले यतिबेला स्थानीय कर्णाली नदीमा झरेउलाँ हाल्ने, जाल खेल्ने गर्दछन्। माछा मारेर उनीहरुले दैनिक आम्दानी गर्ने गरेको देखिन्छ। नदीमा जाल खेल्ने क्रममै चिप्लीएर घाइते हुने, ज्यान समेत जाने घटनाहरु वर्षेनी घट्ने गरेका छन्।