आज मिति २०८१ साल चैत ३ गते आइतबार सूर्य देव भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाईंले नसोचेको ठाउँबाट धन आर्जन गर्न सक्नुहुनेछ । साथीभाइले हरक्षण साथ दिनेछन् भने मातापिताको आशीर्वाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मान सम्मान र प्रतिष्ठा बढ्नेछ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- सवारी साधन हाँक्दा सचेत रहनु होला । घरमा पाहुना तथा अतिथिको आगमन हुन सक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा आउँदा मन खिन्न हुनेछ । कसैसँग झगडा हुन सक्छ । कामको बोझले थकाइ महसुस होला । घर(गृहस्थीमा समस्या आउन सक्छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- बालबच्चाबाट सुख सन्तोष प्राप्त हुनेछ । यात्राको समय छ, धार्मिक स्थल तथा देवालय आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक सम्बन्ध गाँस्नेहरूसँग सावधान रहनुहोला ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्यमा समस्या हुन सक्छ । नसोचेका समस्या देखिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । दिन सामान्य नै रहनेछ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग तथा व्यापारमा विशेष फाइदा हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ । स्वास्थ्य अनुकूल नरहनाले पढाइ लेखाइमा पनि समय दिन नसकिएला । सवारी चलाउँदा सावधानी अपनाउनुहोला । भीडमा धनमाल हराउन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- विद्या तथा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । अन्न प्राप्तिको योग छ । केही खर्च भएपनि दानपुण्य तथा भेटघाटमा खर्च हुनाले मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्टि मिल्नेछ । सन्तानबाट सन्तोष प्राप्त हुनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । उद्योग तथा कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । नचिताएको काममा पैसा खर्च हुने योग छ, सावधान रहनुहोला । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- जग्गा जमिनको कारोबार गर्दा फाइदा हुने सङ्केत छ । सामाजिक क्षेत्र तथा नोकरीबाट मान सम्मान मिल्नेछ । आज पढाइ लेखाइमा राम्रो हुनेछ । सोचेका काम सजिलै पूरा गर्न सकिनेछ । साथै, टाढाको यात्रा समेत हुन सक्छ । दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- लेखन, प्रकाशन तथा ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्नेछ । पारिवारिक जीवन सामान्य तथा सन्तोषप्रद रहनेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् भने समस्याको समाधान हुनेछ । गरेका कार्यहरू हतपत नबन्ने तथा बनिहाले पनि मेहनत अनुसारको फल नपाउने योग छ । सानातिना काम समस्यामै अल्झिन सक्छन् ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- कुनै लाभदायक समाचार सुन्न पाइनेछ । साथीभाइसित अचानक भेटघाट हुने तथा आकस्मिक लाभ मिल्ने समय छ । खर्च धेरै नै बढ्नेछ । सोचेअनुरूप काम नहुने तथा दिएको पैसा पनि फिर्ता नहुने योग छ । स्वास्थ्यमा ठूला समस्या आउन सक्छ । साथै, उपचारका लागि धेरै खर्च हुनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्दै जानेछन् । धन प्राप्तिको योग छ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइसँग रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मान समेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ।