मुखको स्वादले ज्यानै खतरामा, गाउँ खाली शहरमा रोगी नै रोगी

पछिल्लो समय विभिन्न खालका रोगी बढ्दै गएका छन् । आम सर्वसाधारणमा कुनै न कुनै प्रकारको रोग भेट्नि थालेको छ । विशेष गरी क्यान्सरबाट मानिसहरु पीडित बनेका छन् । त्यसपछि मिर्गौला, पाठेघर, नशा तथा हड्डी, छाती, फोक्सो, किट्नी, मुटु, प्रेसर, सुगर, कब्जियतलगायत विभिन्न रोगबाट पीडितहरुको संख्या दिनानु दिन बढिरहेको छ ।

अहिले हरेक घरमा रोगी भेट्न्छिन् । एउटै घरका सबै सदस्य विभिन्न रोगबाट पीडित रहेको पनि पाइने गरेको छ । कोही क्यान्सरबाट पीडित त कोहीको मिर्गौला फेल । कसैलाई भने श्वासप्रश्वासको समस्या । मानिस जन्मिँदा र्निरोगी हुन्छ । तर, ऊ हुर्किँदै जाँदा विभिन्न रोगको सिकार हुन पुग्छ । यसको कारण हो, खानेकुरा ।

हरेक खानेकुरामा केमिकल वा विषादी मिसाएको सुनिने गरेको छ । पानीदेखि तरकारी, फलफूल र औषधीसम्ममा मानवीय स्वास्थ्यमा हानि पुर्याउने केमिकल तथा विषादी हालिएको सुनिन्छ । अहिले बजारमा आयोडिन नुनबाटसमेत रोग निम्तिएको व्यापाक चर्चा छ । अधिकांश भन्छन्, ‘यो नुन खाएकै कारण क्यान्सरका रोगी बढे । अन्य रोग पनि फैलिँदैछ ।

आयोडिन नुनको विकल्पमा कतिपयले ढिक्की नुन खानसमेत थालेका छन् । बजारमा ढिक्की नुन खोज्दै हिँड्ने वा किन्नेहरु बढ्दो क्रममा छन्। प्याकेटभित्रका हरेक खानेकुरामा केमिकल मिसाइएको बताइन्छ । जसले मानवीय स्वास्थ्यमा हानि पुर्याइरहेको छ । प्याकेजमा पाइने डोनट, पाउरोटी, केकलगायतमा बिग्रिने खालका केमिकल मिसाइएको छ । चाउचाउमा त हड्डी खियाउने अजिना मोटो नै मिसाएको हुन्छ ।

यता, गुणस्तरीय मदिरा भन्दै महंगो मूल्यमा बेचबिखन गरिन्छ । त्यसमा पनि केमिकल वा जनस्वास्थ्यमा हानि पुर्याउने अखाद्य वस्तु मिसावट गरिने गरिएको छ । घरेलु मदिरा देशी मल, पुराना कपडा तथा जुत्ता, सख्खर, भैंसी, रांगाका हड्डीबाट बनाइने गरिन्छ । यस्ता वस्तुबाट बनाइएको मदिराले मानवीय स्वास्थ्यमा असर गर्छ कि गर्दैन ? आफैं सोचौं ।

आफ्नो फाइदाका निम्ति व्यापारीहरुले दुधसमेत पाउडरबाट बनाउन थालेका छन् । गाईको शुद्ध दुध भन्दै पाउडर दुध बनाएर आम नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको अवस्था छ । यतिमात्र होइन अहिले त दहीमासमेत केमिकल मिसाइन्छ । राम्रो देखाउन केमिकल हालेर दही जमाउने गरिन्छ ।

मिठाई पसलहरुले मिठाईमा अखाद्य रंगहरुको प्रयोग गर्छन् । मिठाईलाई बिग्रिन नदिन वा महिनौंसम्म आकर्षक देखाउन विभिन्न खाले केमिकलसमेत प्रयोग गरिने सुन्निमा आएको छ । मासु पसलहरु बिरामी वा रोगी पशु ल्याएर काट्छन् । अनि त्यसैको मासु महंगोमा बेच्छन् ।

यसरी रोगी वा बिरामी पशुको मासु खाएपछि मानिसमा पनि रोग फैलिन्छ । व्यापारीहरुले आफ्नो स्वार्थका निम्ति यस्ता गुणस्तरहीन अखाद्य वस्तु महंगोमा बेचिरहेका छन् । यो खाएर सर्वसाधारणमा रोग फैलिएको छ । प्रत्येक घरमा रोगी बढिरहेका छन् । अनि यसरी जनस्वास्थ्यमा रोग फैलाउनेलाई सरकार किन कारबाही गर्दैन ?

व्यापारीसामु सरकार लाचार भएकै हो त ? बजारमा खैनी, चुरोट, सुर्ती खुलेआम बेचबिखन गर्ने गरिएको छ । जबकी यो कानूनःत रुपमा प्रतिबन्ध छ । बजार अनुगमनको जिम्मा पाएको निकाय सुत्दा मुलुकमा रोगीको संख्या बढ्दै गएको छ । सरकार भन्छ, नागरिकमा रोग लाग्न दिँदैनौं । अनि उत्पादक र व्यापारीहरुले आफ्नो स्वार्थका निम्ति जनस्वास्थ्यमा रोग फैलाइरहँदा सरकार के हेरेर बसिरहेको छ ।

अहिले त मुलुकमा सरकार छ कि छैन ? भन्नेबारे समेत अन्यौलता पैदा भएको छ । रोग लागेपछि उपचार गर्दागर्दै मानिसको जनसम्पत्ति सिद्धिन्द्ध भने कतिपयले अगाडि नै यस्ता खानेकुरा खाएर सिद्धाएका हुन्छन् । अस्पतालको बेडमा उनीहरु छट्पटिएर बसिरहेका हुन्छन् । अस्पतालमा भेटिने अधिकांशको आँखा रसिलो देखिन्छ ।

एकातिर रोगले थला परिरहँदा अर्कोतिर उपचार खर्च हुँदैन । यसले उनीहरुलाई भित्रबाटै कमजोर बनाउँछ र कतिपय अस्पतालकै छत वा झयालबाट हामफ्यालेर आत्महत्या गर्नसमेत बाध्य हुन्छन् । सरकार जनताको अभिभावक हो । विडम्बना, सरकारले अभिभावकीय भूमिका निर्वाह नगरिदिँदा आज जनता रोगी मात्र भएनन्, उपचार खर्च नभएकै कारण अस्पतालमै आत्महत्या गर्नुपर्ने विडम्बनापूर्ण अवस्था निम्तिएको छ ।

यदि सरकारले बजार अनुगमनमा ध्यान दिएको भए र गुणस्तरहीन, अखाद्य वस्तु उत्पादन, बेचबिखन गर्नेलाई कारबाही गरेको भएमा आज यो अवस्था आउँदैन्थ्यो । हुन त रोगी लाग्नुमा सर्वसाधारणको पनि उत्तिकै गल्ती छ । मिठो खान खोज्दा मानिसहरु रोगको सिकार बने । पहिलेपहिले चामल कमै खाइन्थ्यो । प्रायजसो कोदो, मकैको ढिँडो खाइन्थ्यो ।

तर, ढिँडो बनाउनुपर्ने अल्छी र चामलको गुलिलो स्वादले मानिसहरु सुगरको रोगी बने । मोटोपन बढ्दै गयो । चिल्लो, पिरोसहित धेरै खाने अनि कसरत नगर्ने बानीले मानिसमा ग्याट्रिक, कब्जियत, प्रेसरलगायत रोग पनि निम्त्यायो । मानिसको अल्छीपन आफैंले पनि उसमा विभिन्न खालका रोगी फैलाएको हो ।

मिठो मात्र खान खोज्ने तर केही काम नगर्ने र व्यायम, योगा, कसरतसमेत नगर्दाको परिमाण देखिन थालिसकेको छ । पहिलेपहिले जति खाइन्थ्यो, त्योभन्दा दोब्बर–तेब्बर काम गरिन्थ्यो । दिनभर खेतबारीमा व्यस्त हुन्थे, मानिसहरु । जसले गर्दा उनीहरुले जतिसुकै खाएपनि स्वास्थ्यमा कुनै असर पदैन्थ्यो । अहिले जस्तो विदेशीबाट आयात गरिएका खानेकुरा त्यतिबेला खाइदैन्थ्यो ।

आफ्नै बारीमा आफैंले उत्पादन गरेको गुणस्तरीय खानेकुरा खाइन्थ्यो । कुनै केमिकल वा विषादी नमिसाएको । तर, सेवासुविधा खोज्दै शहर आउनेको लर्को लागेसँगै गाउँ रित्तियो । गाउँका खेतबारी बाँझो भए । उत्पादनयोग्य जमिनसमेत बाँझो रहँदा वा घर, बाटो निर्माण हुँदा खाद्यान्नमा विदेशीको भरमा पर्नुपरेको छ, हामी । विदेशीले विषादी हालेर फलाएको खानेकुरा खानुपरिरहेको छ । अनि रोग नलागे के लाग्छ त?

मानिसहरु सेवासुविधा खोज्दा शहर त पसे । तर, त्यसको बदलामा उनीहरुले आफ्नो स्वास्थ्य नै दाउमा राख्नुपरेको कुरा भने अझै बुझ्न सकेका छैनन् । भनिन्छ, दुःखले सुख खोज्यो, सुखले काल खोज्यो।

अहिले यो उखान ठ्याक्कै लागू भएको छ। गाउँको स्वच्छ हावापानी त्यागेर शहरको प्रदूषणमा आउनका निम्ति मानिसले मरिहत्तै गरे । जसको परिमाण देखिन थालेको छ । भनिन्छ, रोग लाग्नुअघि नै जोगिनु उपयुक्त हो। हामी कहाँ चाँहि यसको उल्टो छ ।

रोग लाग्नुअघि केही ख्याल गरिएन । अनि अहिले रोगले च्यापेपछि मर्निङ वाकमा निस्किन्छन् । यसलाई अब के भन्ने ? स्वास्थ्यमाथि स्वाद प्यारो हुँदा र आफ्नै घरको काम गर्नसमेत लाज हुँदा मानिसहरुले आफ्नो स्वास्थ्य मात्रै सिद्धाएनन्, उपचार गर्दा धनसम्पत्ति पनि सकिएको छ ।