सुनचाँदीको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं । नेपाल बजारमा आज ९आइतबार० सुनको मूल्य ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार सय रुपैयाँ घटेर छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो।

यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ५ रुपैयाँ घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।