कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत भेटिए

सांकेतिक तस्बिर

धनगढी । कैलालीमा पाँच दिनदेखि बेपत्ता भएका युवक मृत अवस्थामा भेटिएका छन्। २८ फागुनदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कबिन्द्र सिंह बोहराले जानकारी दिए । २८ गते घरबाट निस्किएका स्वर्णाकार सोही दिनदेखि बेपत्ता थिए।

परिवारले स्वर्णाकारको खोजीका लागि भन्दै शनिबारमात्र इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । सोही क्रममा स्वर्णाकार मृत भेटिएका थिए । उनको शव परीक्षणपछि परिवारले बुुझेको प्रहरीले जनाएको छ।