मकवानपुरमा भारतीय गाडी दुर्घटना, चार जना घाइते
काठमाडाौं। मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ गइरहेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स गाडी दुर्घटना भएको हो।
दुर्घटनामा गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
घाइते सबै भारतीय नागरिक रहेका छन्। जसमा भारत उत्तर प्रदेश जिल्ला राइबेली ग्राम यनटिबेसी उचहर बस्ने ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्रप्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह रहेका छन्।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी अर्यालले जानकारी दिए।