राजावादीहरु सल्बलाउनका कारणहरु
- हस्तबहादुर केसी
३० वर्षे निर्दलीय , निरंकुश तानाशाही तथा फासिष्ट पच्चहरुका शेषमा रहेका राजावादीहरु , जसलाई दरवारीयाहरु पनि भनिन्छ , तिनीहरू २४० वर्षीय शासनकाल सबैभन्दा बदनाम कमाएको र २०६२/ २०६३ सालको जनआन्दोलनले रछ्यानमा पुरीसकेको पूर्व राजा ज्ञानेन्द्र शाहीलाई बोकेर हिड् थालेपछि नेपालका वर्तमान सत्ताधारीहरु र प्रतिपक्षमा रहेका भ्रष्ट संसदवादीहरु डराएका छन् , झस्किएका छन् । जसका कारणले यतिबेला नेपालको राजनीतिक वातावरण तरंगित बन्न पुगेको छ ।
हरेक घटना घटित हुनका लागि निश्चित वैज्ञानिक कारण विद्यमान रहन्छ । २५० वर्षे सामन्ती शाह बंसीय राजतन्त्रको अन्त्य गरि लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १६ वर्ष मै रक्षणमा फ्याकिएको राजतन्त्र र संसदबाट एक मतले अपदस्त गरिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनस्र्थापित गरिनुपर्छ भनेर राजावादी भनिनेहरु सल्बलाउन पुगेकोमा निश्चित कारणहरु छन्।
ती कारणहरु विनापूर्वाहग्रह विल्कूल राजनीतिक रुपले र महान् नेपाली जनताको हितखातिर यहाँ मार्क्सवादी द्वन्द्ववादका आधारमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ । कुनै व्यक्ति विशेष , संघसंस्था विशेष वा दल विशेषलाई केही असर पर्न गएछ भने पनि मेरो व्यक्तिगत चाहना र स्वार्थमा आधारित हुनेछैन । त्यो देश र नेपाली जनताको बृहत्तर हितका खातिर हुनेछ भन्ने बुझ्नुपर्ने हुन्छ ।
यसका कारण २०५९ देखि २०६२ / २०६३ लाई छाडेर २०४६ / २०४७ सालको राजनीतिक परिवर्तन पश्चात् सत्तासिन हुन पुगेका संसदवादी राजनीतिक दलहरु नेपाली काँग्रेस , नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) ले पटकपटक आलोपालो गरि शासन सत्ता चलाउन थालेपछि र २०६२/ २०६३ पछि तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) शान्ति प्रक्रियामा प्रवेश गरे पछि उसले संसदीय व्यवस्थालाई कार्य दिशा बनाएर पटकपटक कहिले नेपाली काँग्रेसको बुई चढेर त कहिले एमालेको बुई चढेर पटकपटक शासन सत्तामा पुगे पनि देश जनताको समृद्ध र विकास तथा परिवर्तनका लागि भनेर के के गरेर देशलाई यो विक्राल अवस्थामा पुर्याएर र कुहिएको सिनो झै गन्ध आउने भएको राजतन्त्र र राजालाई सत्तासिन बनाउनुपर्छ भन्दै जोरजुलम गर्ने मौका पाए त भन्ने विषयलाई समेत समावेश गरेर विश्लेषण गर्दा राम्रो हुन जान्छ।
राजावादीहरु सल्बलाउनका निश्चित कारणहरु निम्न रहेका छन्।
(१) २०४६ / २०४७ सालको जनआन्दोलनले उत्कर्ष प्राप्त गर्दै गएको र ३० वर्षे पञ्चायती व्यवस्था मात्र होइन राजतन्त्र कै अन्त्य गर्नुपर्ने पर्ने अवस्थामा पुगेको बेला भारतीय विस्तारवादी शासकहरुकै निर्देशनमा तत्कालीन राजा विरेन्द्र शाहशीत संसदबादी राजनीतिक दलहरू विशेषत: नेपाली काँग्रेस र एमालेले संझौता गरेर राजतन्त्रात्मक बहुदलीय व्यवस्था स्वीकार्नु पहिलो गल्ती थियो । त्यस संझौताले राजतन्त्र र राजाले कुनै पनि बेला टाउको उठाउन सक्ने ठाउँ राख्नु ठूलो गलती थियो , परिणामस्वरूप २०६१ साल माघ १९ गते निरंकुश राजतन्त्र र बदनाम वाला पूर्व राजा ज्ञानेन्द्र शाहले टाउको उठाएको इतिहास ताजै छ ।
(२) २०४८ सालको पहिलो आम निर्वाचनबाट साधारण बहुमत ल्याएर शासन सत्ता हातमा ल्याउने बित्तिकै सत्ताधारी नेपाली काँग्रेसले मुलुकको हरक्षेत्रमम काँग्रेसीकरण गर्नु ।
(३) त्यसपछि भारत भ्रमणमा गएको बेला तत्कालीन नेपाली काँग्रेसका प्रधानमन्त्री गिरिजा प्रशाद कोइरालाले भारत सरकार संग गोप्य रुपमा टनकपुर पञ्चेस्वर बाँध गोप्य सन्धि गरेर राष्ट्रघात गर्नु ।
(४) ३० वर्षे पञ्चायती व्यवस्थाकालमा निरंकुश राजा र पञहरुले गरेका देश विरोधी , जनता विरोधी अपराध र अन्य अपराधहरुबारे छानबिन गरेर आवश्यक कार्यवाही गर्ने भनी गरिएका आयोगले दिएका रिपोर्ट आधारमा कार्यवाही नगरेर थाती राखेर अपराधीहरुलाई बचाउने काम गर्नु ।
(५) २०५२ फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध शुरु गरेपछि उसका जायज मागहरु राजनीतिक रुपले पुरा गर्नुको सट्टा प्रशासनिक दमनबाट समाप्त गर्ने उद्श्ये पुलिस – सेना परिचालन गर्नु । र श्वयत आतंक मच्चाउनु , नरसंहार गर्नु।
(६) २०५३ साल असोज काँग्रेस – एमालेले संसदबाट भारतशीत महाकाली सन्धि गरेर ठूलो राष्ट्रघात गर्नु ।
(७) एमाले भित्र वर्गउत्थान भएर पजेरो – प्राडो र महल संस्कृति नेपाली कम्युनिस्ट आन्दोलन भित्र घुसाउनु ।
(८) माओवादीद्वारा सञ्चालन गरिएको सशस्त्र जनयुद्ध बढ्दै गएपछि उसले अगाडि सारेका मागहरु पुरा गरेर राजनीतिक रुपले मुलुकको संकट समाधान गर्नुको साटो देश व्यापीरुपमा संकटकालको घोषणा गरेर तत्कालीन शाही सेना परिचालन गरेर नरसंहार मच्चाउनु ।
(९) नेपाली काँग्रेसले लाउडा काण्ड , धमिजा काण्ड घटाउनु ।
(१०) माले – एमालेले चाइना साउथ र चेजएयर काण्ड मच्चाउनु।
(११) माओवादी जनयुद्धको निहुँ बनाएर नेपाली काँग्रेसका नेता , मन्त्री कार्यकर्ताले अरबौं , खरबैंको भ्रष्टाचार गरेर देशलाई कंगाल बनाउननु , भ्रष्ट र अपराधीहरुलाई कार्यवाही नगर्नु ।
(१२) एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले रु. २ रुपैयाँ राखेर तत्कालीन राजा ज्ञानेन्द्र शाहसामु पाउ परेर प्रधानमन्त्री पद माग्न जानु ।
(१३ ) विद्रोही माओवादीले २०६३ साल मंसिर ५ गते नेपाली काँग्रेसको ।सरकारशीत बिस्तृत संझौता गरेर सशस्त्र युध्द समाप्त भएकोमा घोषणा गर्ने पत्रमा प्रचण्डले हस्ताक्षर गरेर गंभीर गलती गरेर महान् नेपाली क्रान्ति र महान् नेपाली जनताप्रति विस्वासघात र गध्दारी गर्नु ।
(१५) माओवादी हुँदै एमाओवादी भएको बेला प्रचण्ड – बावुराम , मोहन वैद्य किरणहरुले पार्टी एकताबध्द राख्न नसक्नु , यसको मुख्य कारण प्रचण्ड – बावुराममा वैचारिक विचलन आउनु थियो र त्यसले पार्टी फुट्ने तहमा पुर्यायो ।
(१६) वैचारिक विचलन पैदा भएपछि देशीविदेशी प्रतिक्रियावादीहरुका सामु लम्पसार परेर आत्मसमर्पण गर्दै माओवादीको मुख्य नेतृत्वले
देशीविदेशी प्रतिक्रियावादीहरुको चाहना , निर्देशन र ग्राण्डडिजाइनमा महान् जनयुद्धद्वारा निर्माण गरिएका जनसत्ता , जनअदालत , जनकम्युन , जनसरकार विघटन गर्नु ।
(१७) माओवादीको मुख्य नेतृत्वले आफ्नै पार्टीको सरकार र बावुराम प्रधानमन्त्री भएकोमा समयमा जनमुक्ति सेनालाई शाही सेना सामु आत्मसमर्पण गर्न बाध्य तुल्याउँदै विघटन गर्नु र हातहतियार प्रतिक्रियावादी सत्तालाई बसझाउनु ।
(१८) देशीविदेशी प्रतिक्रियावादी शक्तिको चाहना फ निर्देशन र ग्राण्डडिजाइनमा माओवादीको नेतृत्वमा बनेको बावुराम प्रधानमन्त्री भएकोले बेला पार्टीको नीति र निर्णय अनुसार संविधानसभाबाट जनसंविधान बनाउन पहल नगरे जनताको रगत पसिना र १० आौ हजार सहिद , वेपत्ता , घाइते – अपांगको रगतद्वारा निर्माण भएको पहिलो संविधान बावुरामको हातबाट विघटन गरेर दरवारीया भूपू प्रधान न्यायाधीश खिमाराम रेग्मीलाई सत्ता बुझाएर भागेको ।
(१९) यथास्थितिवादी तथा प्रतिक्रियावादी कित्तामा रहेका काँग्रेस – एमाले सित मिलेर माओवादीले २०७० को प्रतिक्रियावादी , पश्चगामी संविधान बनाउन प्रमुख भूमिका खेलेको र हालसम्म त्यही संविधानलाई बचाउन मरिहत्ते गरिरहेकोले ।
(२०) माओवादी नेता प्रचण्डले आफूलाई पनि प्रधानमन्त्री बनाउछन् भन्ने आशाले आफैंले प्रतिक्रियावादी भन्दै आएको एमालेका नेताहरु माधवकुमार नेपाल , झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाइदिएर बलियो बनाउदै आएको ।
(२१) माओवादी नेता प्रचण्डले महिले एमालेमा गएर राष्ट्रपति र संसदको सभामुख बनाई दिएर आफू प्रधानमन्त्री बन्ने र कहिले नेपाली काँग्रेसकहाँ पुगेर राष्ट्रपति बनाईदिने र आफू प्रधानमन्त्री बनेर काँग्रेस – एमाले , रास्वपा , राप्रपाका मिटर व्याजी पिडक , सहकारी ठगहरु , मानव तस्करहरुलाई भ्रष्टहरु , तमाम खाले अपराधीहरुलाई संरक्षण गरेको ।
(२२) माधवकुमार नेपाल , बावुराम प्रधानमन्त्री भएको बेला सरकारी जग्गा ललिता निवास भूमाफियाहरुलाई बेचेर खाएका।
(२३) एमालेले सत्तामा भएको बेला वाइडबडी जहाज खरिद घोटाला काण्ड , यति काण्ड , ओम्नि काण्ड , पशुपति जलहरी काण्ड , गिरिबावु टि रियल स्टेट काण्ड , लगायतका हजारौं भ्रष्ट र अपराधीहरुलाई संरक्षण गर्नु ।
(२४) करीब ५ खर्ब सम्म जनताको रकम अबचलन गर्ने सहकारी ठगिहरुलाई संरक्षण गरेको ।
(२५) निर्मला पन्त लगायतका बलत्कारी तथा हत्याराहरुलाई संरक्षण गरेको ।
(२६) काँग्रेस – एमाले , माओवादी केन्द्रका प्रधानमन्त्री , मन्त्री ,नेता , कार्यकर्ताहरुले राष्ट्रको सम्पत्ति लुटेर अरबपति खरबपति बनेका ।
(२७) भएका उद्योग धन्दाहरु बेचेर खाइसकेका र रोजगारी सिर्जना नगरेकाले लाखौं युवाहरु विदेश पलायन हुन बाध्य पारिएको ।
(२८) कर्मचारीतन्त्रलाई संसार कै पहिलो भ्रष्टाचारी संस्था बनाएको ।
(२९) अदालत , अख्तियार , पुलिस , सेना , सबै संवैधानिक अंग , बैंक तथा वित्तीय संस्थाहरुमा एमाले , काँग्रेसले आफ्नै कार्यकर्ता भर्ना गरेर कार्यकर्ता भर्तिकेन्द्र बनाएको ।
(३०) एमाले काँग्रेसका प्रधानमन्त्री , मन्त्री , नेताहरु निजी विद्यालयका ठेकेदार बन्दै आएका ।
(३१) शिक्षा र स्वास्थ्यका क्षेत्रमा जनताको ढाड सेक्ने काम गरेका ।
(३२) काँग्रेस – एमाले , माओवादीहरु शैक्षिक माफिया , आौषधि माफिया , विचौलिया , काला बजारिया, कमिसनखोर,तस्कर , भूमाफिया आदिको संरक्षण गर्दै आएका।
(३३) काँग्रेस – एमाले ,माओवादीले नातावाद, क्रिपावाद , परिवारवाद , फरियावाद लागु गर्दै आएका ।
(३४) हरेक अड्डा अदालत , स्थानीय निकाय हरक्षेत्रलाई भ्रष्टीकरण गराउँदै आएका ।
(३५) जनतालाई दिन प्रतिदिन हरिकंगाल बनाउँदै लगेको र नेताहरु नवधनाढ्य हुँदै अकुत सम्पत्तिको मालिक बन्दै आएका । जनता भनेको वैदेशिक ऋणले ढाड सकिदै गएको अवस्था ।
(३६) काँग्रेस – एमाले , माओवादी केन्द्र लगायतका संसदवादी दलहरुले मुलुकलाई भ्रष्टाचार र।कुशासनमा चुर्लुम्ब डुबाउने गरेका ।
(३७) यसरी मुलुक बर्बाद बन्नुको मुख्य कारण माओवादी आन्दोलन , माओवादी पार्टी कम्जोर हुनु हो ।
यसरी पुराना चोर भन्दा नयाँ चोरहरु पचासौं गुणा भ्रष्ट , अनैतिक , नालायक , कुलंगार , देशघाति , जनघाति , पथभ्रष्ट भएका कारण पुराना चोरहरु नयाँ चोरहरुलाई ठाउँका ठाउँ लखाट्ने वातावरण बन्न पुगेको छ , त्यसैले अब देश र जनताको मुक्ति र समृद्धिका क्रान्तिकारी माओवादीहरुको दायित्व बन्न पुगेको छ ।
विकल्प समाधानको :
भ्रष्ट संसदवादी दल र तिनका नेताहरु सुद्रणै नसक्ने अवस्थामा पुगेका र सुध्रियौं भने पनि नेपाली जनताले पत्याउनै नसकिने अवस्थामा पुगेका हुनाले नयाँ राज्य व्यवस्था , नयाँ जनवादी राज्य व्यवस्थाको निर्माणको बाटोमा अगाडिको बढ्नुपर्ने अवस्था सिर्जना भएको छ।
वर्तमान संसदीय व्यवस्था नेपालमा असफल भइसक्यो । आर्यघाटमा लगेर सेलाइसकेको राजतन्त्र पुनः फर्केर आउने कुरै भएन । अबको विकल्प भनेको नयाँ जनवादी राज्यव्यवस्था ( जनगणतन्त्र ) स्थापना गर्ने र जनताको जनवादी अधिनायकत्व सहितको “जमिन जोत्नेको , घर पोत्नेको ” नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालदेखिको नारा पुरा गरेर वैज्ञानिक समाजवाद हुँदै वर्गबिहिन , राज्यबिहिन वैज्ञानिक साम्यवादमा पुग्ने , अर्थात् नेपाली समाजलाई वर्गबिहिन , राज्यबिहिन वैज्ञानिक साम्यवादी समाजमा पुर्याउने बाटो तय गर्नु नै आज नेपालका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीकोहरुको काँधमा ऐतिहासिक कार्यभार आएको छ।
( लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ) ।