कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ। बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमहरुका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाकारी दिए ।