आरआर क्याम्पसको स्ववियु चुनाव स्थगित
काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। एमाले निकट अनेरास्ववियुले सोमबार मध्यराति नै तालाबन्दी गरेपछि क्याम्पस प्रमुखले सूचना जारी गर्दै आरआरको स्ववियु चुनाव रोकिएको जानकारी दिएका हुन्।
क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएकाले प्रतिकु अवस्था सिर्जना भएकाले सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तोक्नेगरी हाललाई निर्वाचन स्थगन गरिएको छ’, सूचनामा भनिएको छ।
क्याम्पस प्रशासनले फर्जी कार्ड ९नक्कली परिचयपत्र० जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो।