भारतले राजतन्त्र बोकेर गणतन्त्रवादी नेतामाथि ल्याएको यो हलचल ?

काठमाडौं। भारतले राजतन्त्र बोकेर गणतन्त्रवादी नेतामाथि दबाब बढाउदै लगेपछि राजनिति वृत्तमा हलचल नै ल्याएको छ। राजतन्त्रवादीको शक्ति प्रदर्शनले गणतन्त्रवादी नेताहरू अतालिएको जस्तै पूर्वराजा प्रति कटाक्ष गरि रहेका छन्। पूर्व भइसकेका राजासँग यति धेरै डराउनुपर्ने अवस्था कसरी सृजना भयो त्यो भने समयले नै बताउने छ।

नेपालमा राजावादी सक्रियताको राजको खोजी भइरहेकै बेला भारतमा यसबारे चर्को बहस भइरहेको छ। जहाँ राजतन्त्र फाल्नेदेखि दरबार हत्याकाण्डसम्ममा भारतको प्रत्यक्ष÷परोक्ष सम्बन्धको स्वीकारोक्ति हुँदा पूर्वराजा र भारत कनेक्सनको खोजीसमेत हुन थालेको छ।

नेपालमा राजावादीहरुको चमकधमक बढ्दा भारतमा यसले ठूलै बजार पाएको छ। एक तप्काले माओवादी आन्दोलन भारतबाट प्रयोजित भएको र दरबार हत्याकाण्डमा पनि भारतकै हात रहेको बताइरहेको छ।

अर्को पक्ष छ जसले नेपालमा कुशासन बढेको भन्दै राजा नफर्काइ नहुने अवस्था बनिरहेको बताइरहेको छ। आन्दोलनमा घुुसपैठ गरेर एमाले कार्यकर्ताले उत्तर प्रदेशका मुख्मन्त्री योगी आदित्यनाथको फोटो राख्दा नेपालमा परिचालित आन्दोलनको संज्ञा दिँदा भारतले नै सबै खेल खेलिरहेको विषय पनि आएका छन्।

यी सबै विषय एकैपटक किन भइरहेका छन्? नेपालमा राजावादीको उक्साहट र भारतीय बुद्धिजीविको सक्रियताको के साइनो छ? भन्नेजस्ता प्रश्न उठेका छन्। जहाँ माओवादी र राजतन्त्रबारे बुद्धिजीवी र पूर्व ‘रअ’ प्रमुखहरु नै पोल खोलखोलमा लागेका छन्।

यहाँ माओवादी र अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका नायक नै आफूहरु रहेको बताउँदा राजा फाल्न माओवादीलाई भारतले नै जंगल पठाएको भन्दे भारतीयहरुले प्रचण्डको धोती खुस्काइरहेका छन्। 

यसैबेला माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको आरोप लगाएका छन्। तत्कालीन छानविन समितिले समेत युवराज दीपेन्द्रले नै वंशनाश गरेको निष्कर्ष निकालेको थियो।

कतिपयले नेपालका नेताकै ग्राण्ड डिजाइन पनि कारक रहेको बताउँदा भारतीय गुप्तचार संस्था ‘रअ’का पूर्वप्रमुखहरु खुलेरै आफूहरुले नै दरबार हत्याकाण्ड गरेकोसम्मका खुलासासहित दाबी गरिरहेका छन्।

सन् १९८८ मा भारतीय प्रधानमन्त्री राजीव गान्धी नेपाल भ्रमणमा आउँदा क्रिश्चियन धर्म मान्ने सोनिया गान्धीलाई पशुपतिनाथ दर्शन गर्न नदिइएपछि राजा वीरेन्द्रसँग भारत रिसाउनुलाई राजतन्त्र समाप्त हुनुको कारण मानिएको छ।

अर्कोतर्फ भारत संवैधानिक राजसंस्था र बहुदलीय व्यवस्थाको पक्षमा थियो । तर त्यसबेला राजा भारतको चाहना अनुसार चल्न नमान्दा त्यसका खिलाप भारत उभियो।

अहिले ज्ञानेन्द्रले भारतको मन जित्न खोजे पनि त्यति सजिलो छैन । तर, नेपालमा माओवादीसहित कम्युुनिस्ट शक्तिसँग जनता निकै रुष्ट भइसकेकाले भारतीय बुुद्धिजीविहरु संवैधानिक हैसियतमा राजा ल्याएर हिन्दु राष्ट्र पुनस्र्थापनाको प्रार्थना गर्न थालेका छन्।

पहिलेजस्तो राजाको शासन नचाहे पनि नेपाललाई हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने भारतको इन्ट्रेस्ट रहेको विषय ओपन सेक्रेट जस्तै हो । यस्तो अवस्थामा पूर्वराजाले पनि भारतको त्यस्तो शक्तिसँग उठबस नगरेका होइनन्।

त्यसमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र योगी आदित्यनाथसँग पटक पटक भेटेका छन्। अहिले जनप्रर्दशनका क्रममा उनको तस्वीर प्रदर्शन हुँदा भारतमा एकखालको खुसियाली त छाएकै छ भाजपामा भने योगी विवादमा परेका छन्।

मोदीको उत्तराधिकारी बन्न योगीसँग लडिरहेका अमित शाह पक्षले भने कुुनै देशको मामिलामा केन्द्रमा छलफल नगरी प्रदेश सरकारका प्रमुखले हस्तक्षेप बढाउनु कति ठिक भन्ने प्रश्न उठाएको छ।

अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको सम्बन्ध सुधार हुन नसक्नु तथा नेपालमा कम्युनिस्ट शासन आफ्ना लागि थ्रेट महसुस गर्ने भारतीय संस्थापन अहिले झस्किएकै कारण कांग्रेसमाथि दबाब बढाउन योगीमार्फत राजावादीलाई उचालेको चर्चा चल्ने गरेको छ।

यहीबीचमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा दिल्ली हानिएकी छन्। १५ मिनेट बोल्ने कार्यक्रममा गएकी आरजु एक हप्तासम्म उतै बसेर के पकाउँदैछिन् भन्ने अर्को प्रश्नले एमाले नै शशंकित बनेको छ। तर, उनीहरु भने ओलीको शक्तिशाली उदयलाई नै राजावादी सल्बलानुको महत्वपूर्ण कारण मानिरहेका छन्।

यत्तिका तथ्यले नेपालमा गणतन्त्र र संघीयता विदेशी उक्साहटमा आएको स्पष्ट भइसकेको छ। अमेरिका र भारतीय थिंक ट्यांकका अभिव्यक्तिले पनि यसैलाई बल पु¥याएको छ।

अर्कोतर्फ नेपालका हरेकजसो घटनाक्रम र व्यवस्था परिवर्तनमा भारतको हात हुँदा अहिलेको उक्साटमा समेत ऊ पर रहेको विषय कल्पनासमेत गर्न सकिँदैन।

अहिले आफ्नै पोल खुल्न थालेपछि प्रचण्ड लगायत विपक्षी दलहरुसमेत राजावादीविरुद्ध नभई भारतीय शक्तिसँग शशंकित भएको अर्थमा हेर्न थालिएको छ।

त्यसमाथि यो विषयमा निर्णायक कांग्रेस र मधेशवादी दलहरुले अस्वभाविक मौनता साँधेका छन्। यस्तो अवस्थामा राजनीतिक परिदृष्य भारत अनुकूल भएपछि राजावादी शक्ति एकाएक चुप लागे अन्यथा नमान्ने अवस्था पनि नआउँला भन्न सकिँदैन।