सुनको मूल्यमा नयाँ रेकर्ड,तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज एक हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

सोमबार एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, आ चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० कायम भएको महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।