टोखाबााट २५ करोड नगदसहित एक जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट २५ करोड नगदसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले २५ करोडसहित एक जनालाई पक्राउ गरिएको थप अनुसन्धान भइरहेको बताए ।