डोल्पामा पहिलो पटक कानको शल्यक्रिया सफल

काठमाडाैं। डोल्पाको जिल्ला अस्पताल दुनैमा पहिलो पटक कानको शल्यक्रिया सुरु भएको छ। Back to life e.V काे आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र ( हेरेन्डेक) मुगुकाे सहयाेगमा शल्यक्रिया सम्पन्न गरिएकाे छ। 

 फागुन २९ र चैत १ मा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा पहिलो पटक कानको सफल शल्यक्रिया गरिएको छ।साे शिविरमा ३४९ जनालाई कान,नाक,घाँटीसम्बन्धी रोगहरूको उपचार गरिएकाे थियाे। 

राेगकाे निदान तथा उपचारसँगै कान सुन्ने क्षमता कम भएका २५ जना बिरामीहरूकाे सुन्ने क्षमताको जाँच समेत गरिइएको थियो।

त्यस्तै डा.अरुण केसीको नेतृत्वमा पहिलो पटक जिल्लामै कानको शल्यक्रिया सुरु गरिएकाे स्वास्थ्यकर्मी पहमान राेकायाले जानकारी दिनुभयाे।

अब आज र भोलि गरेर जम्मा २० जनाको कानको शल्यक्रिया गरिने राेकायाले जानकारी दिनभयाे। उनीहरूको सबै चेकजाँच, शल्यक्रिया तथा औषधि वितरण निःशुल्क गरिएको जिल्ला अस्पताल दुनै डोल्पा डा.अखण्ड उपाध्यायले जानकारी दिनु भएकाे छ।