सुनको मूल्य स्थिर तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार कायम भएको मूल्य १ लाख ७६ हजार रुपैयाँमै आज पनि सुन कारोबार हुने भएको हो।
आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।