नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु

काठमाडौं। सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। तीनपाटन गाउँपालिका–१, छरछरेकी १७ वर्षीया सोमकुमारी चौहानको मृत्यु भएको हो।
हिजो (बुधबार) अपराह्न करिब सवा ४ बजे स्थानीय झुगा खोलामा नुहाउने क्रममा डुबेर उनी घाइते भएकी थिइन्। उपचारका क्रममा बुधबारै बेलुका उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ।