पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध उजुरी परेको छ । युवराज सफलले आज पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।
काठमाडौंमा आफ्नो सुविधा सम्पन्न घर हुँदाहुँदै पनि भाडाको घरमा बसी राज्यबाट सेवा सुविधा लिएको र आफ्नै घर हुँदा पनि राज्य कोषको पैसा रित्ताउनु भ्रष्टाचार भएको उल्लेख गर्दै उनले पूर्वराष्ट्रपतिद्वयलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।
पूर्वराष्ट्रपति यादव काठमाडौंमा घाडाको घरमा बस्छन् । उनले भाडा वाहाल मात्रै मासिक १ लाख ९२ हजार तिर्दै आइरहेका छन् । त्यस्तै पूर्वराष्ट्रपति भण्डारी चपली हाइटस्थित आफ्नै घर बस्छन् । तर, आफ्नै घरमा बस्दा पनि उनले घर भाडा वापत मासिक एक लाख रुपैयाँ लिने गरेको उजुरीमा उल्लेख छ ।